आज: २०८२ फागुन ६, बुधबार | Wed, 18, Feb, 2026

बहत्तर वर्षको उमेरमा भुजेलले पाइन् नागरिकता


  • आफ्नै खबर
  • २०८२ फागुन ६, बुधबार मा प्रकाशित १७ घण्टा अघि
  • १३६ पाठक संख्या
  • तनहुँ/  बन्दीपुर गाउँपालिका-४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

    लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उहाँलाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आफू संरक्षक बनेर उहाँलाई सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताउनुभयो ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु