९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

सिटी सेन्टरमा खुल्यो सफारीको एक्सक्लुसिभ सोरुम



  • आफ्नै खबर
  •     (३ हप्ता अघि)
  • पाठक संख्या १३५
  • काठमाडौँ/  जगदम्बा मोबाइल्सले विश्व प्रसिद्ध लगेज र ट्राभल एक्सेसरीज ब्रान्ड सफारीको कमलपोखरीस्थित सिटी सेन्टरमा पहिलो एक्सक्लुसिभ सोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । सफारी ब्रान्डको नेपालमा आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोबाइल्स रहेको छ । 

    तीन सय ५० वर्गफुट क्षेत्रफलमा फैलिएको यो नयाँ शोरूमले नेपाली यात्रुहरूलाई नयाँ डिजाइन र यात्रामा सहज हुने किसिमका लगेज र ब्याकप्याकहरू उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ ।

    मजबुत बनावट, आकर्षक रङहरू र बहुउपयोगीताका लागि परिचित सफारीले आधुनिक यात्रुहरूका लागि स्टाइलिश र भरपर्दो हार्ड र सफ्ट लगेज, ब्याकप्याक, र ट्राभल एक्सेसरीहरूको सिरिजहरू उपलब्ध गराएको हो । 

    शंकर ग्रुपका डाइरेक्टर सक्षम जाटियाले भन्नुभयो, ‘काठमाडौँमा हाम्रो पहिलो एक्सक्लुसिभ सोरुम सुरु गर्न पाउँदा खुशी लागेको छ । हामीलाई विश्वास छ कि यसले हाम्रा नेपाली यात्रुहरुलाई उच्च गुणस्तरका र आकर्षक डिजाइनका ट्राभल सोलुसनहरू छनोट गर्न अझ सहज भएको छ । सबै मानिसहरू जन्मजात यात्रु हुन् भन्ने विश्वासका साथ हामी स्टाइलिश आरामदायी र टिकाउ लगेज तथा ब्याकप्याक हरू को साथ प्रत्येक यात्रुहरू को  विश्वसनीय साथी बन्न प्रतिबद्ध छौँ ।’

    जगदम्बा मोबाइल्सका सेल्स हेड तथा सफारीको सेल्स म्यानेजमेन्ट प्रमुख सन्तोष श्रेष्ठले थप भन्नुभयो, ‘काठमाडौँमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम उद्‌घाटन गर्नु हाम्रो यात्राको महत्वपूर्ण माइलस्टोन हो। गुणस्तर र नवीनता मा केन्द्रित रहँदै सफारी ले प्रत्येक यात्रुको विविध आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता लिएको छ ।’

    शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूले सम्पूर्ण खरिदमा सीमित समयका लागि ४० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।