११ मंसिर २०८२ बिहिबार | 27 Nov 2025 Thu

टी-२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल माघ २५ गते

नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली



  • आफ्नै खबर
  • १० मंसिर २०८२ बुधबार (१५ घण्टा अघि)
  • पाठक संख्या १०७
  • काठमाडौँ/  सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । 

    भारत र श्रीलङ्कामा हुने आइसिसी टी-२० विश्वकप आगामी भाघ २४ गतेदेखि फागुन २४ गतेसम्म सञ्चालन हुनेछ । सार्वजनिक तालिका अनुसार नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालका सबै खेल भारतको मुम्बईमा राखिएका छन् । नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली छन् । वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुईदुई पटकका विश्वविजेतासमेत हुन् ।

    नेपालको पहिलो खेल आगामी माघ २४ गते मुम्बईस्थित वान्खडे रङ्गशालामा इङ्ग्ल्यान्डसँग हुनेछ । यस्तै नेपालको दोस्रो खेल माघ २९ गते इटाली, तेस्रो फागुन ३ गते वेस्ट इन्डिज र चौथो फागुन ५ गते बङ्गलादेशसँग हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केही साताअघि आइसिसी अध्यक्ष जय शाहलाई भारतको नयाँदिल्लीमा भेटेर नेपालका खेलहरू भारतमा राखिदिन आग्रहसमेत गर्नुभएको थियो । उक्त आग्रहलाई स्वीकार गर्दै नेपालका सबै खेल भारतमा राखिएको अध्यक्ष चन्दले बताउनुभयो । 

    योसँगै नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।

    –रासस