१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

वडा कार्यालयमै १५० रुपैयाँमा एक्स-रे सेवा



  • आफ्नै खबर
  •     (२ हप्ता अघि)
  • पाठक संख्या १४०
  • काठमाडौँ/  काठमाडौँ महानगरपालिका-८ ले एक सय ५० रुपैयाँमै एक्स-रे सेवा सुरु गरेको छ ।  

    जयबागेश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स-रे कक्षको उद्‌घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रुपमा सेवा प्रारम्भ गर्नुभएको हो । 

    उक्त सेवा सञ्चालनका लागि ३२ लाख रुपैयाँमा अत्याधुनिक मेसिन एक्स-रे मेसिन खरिद गरिएको हो । उपप्रमुख डङ्गोलले, आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स-रे सेवा थप गरिएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘माग र आवश्यकताका आधारमा सेवालाई विस्तार र सुदृढ बनाउँदै लैजानेछौँ । आधारभूत स्वास्थ्य सेवाबाट कसैले पनि वञ्चित हुनु नपर्ने अवस्था बनाउँछौँ ।’ वडाअध्यक्ष सङ्गतले मानव संशाधन, प्रविधि र उपकरण थप गर्दै लैजाने योजना रहेको बताउनुभयो । उहाँका अनुसार कामपाबाट सञ्चालन भएको एक्स-रे सेवा प्रदान गर्ने यो पहिलो वडा हो । 

    विभागको भण्डार शाखा प्रमुख कमलप्रसाद भट्टराईका अनुसार वडा नम्बर ७, ८, १०, १२, १४, १६, १९, २६, २७ र ३२ गरी १० वटा वडामा एक्स-रे सेवा जडान हुँदैछ । यसका लागि १० जना रेडियोग्राफर नियुक्त गरिसकिएको छ ।

    –रासस