१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

मारवाडी युवा मञ्चले छान्यो ‘फेस अफ मारवाडी किड्स’



  • आफ्नै खबर
  • २८  २०८२ सोमबार (३ दिन अघि)
  • पाठक संख्या १०२
  • काठमाडौँ/  मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको अवसर पारेर मारवाडी युवा मञ्च, काठमाडौँको आयोजनामा ‘फेस अफ मारवाडी किड्स’ छनौट गरिएको छ । मारवाडी समुदायका बालबालिकामा अन्तर्निहित प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

    सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय मारवाडी युवा मञ्च, काठमाडौँले समुदायका भावी पुस्तालाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगितामार्फत बालबालिकाको प्रस्तुति कला, अनुशासन, आत्मअभिव्यक्ति र नेतृत्व क्षमता उजागर गरिएको आयोजकको भनाइ छ ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले यस्ता कार्यक्रमहरू भविष्यका सक्षम जनशक्ति र व्यवसायी उत्पादनमा प्रेरणादायी हुने बताउनुभयो । उहाँले आगामी पुस्तालाई साथ लिएर अघि बढ्न सके देशको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    मारवाडी युवा मञ्च, काठमाडौँका अध्यक्ष प्रकाश कुमार केजरीवालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी बालबालिका, अभिभावक, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास र मनोबल बढाउने बताउनुभयो ।  

    छनौटको विभिन्न चरण पार गरेका सहभागी बालबालिकालाई निर्णायक मण्डलले मूल्याङ्कन गरी विजेता घोषणा गरेको थियो । जस अनुसार मिस्टर मिनी फेस अफ मारवाडीको विजेता मितांश अग्रवाल बने भने वेदांश गर्ग र गर्वित खेतान प्रथम र द्वितीय उपविजेता बने । 

    मिस मिनी फेस अफ मारवाडीकी विजेता काश्वी जोशी तथा रिधिमा चाचान र अंशिका चौधरी प्रथम र द्वितीय उपविजेता बने । मिस लिटल फेस अफ मारवाडी को पुरस्कार देवांशी चाचान तथा प्रथम उपविजेता र द्वितीय उपविजेता वेदांशी गुप्ता र देवांशी जोधाणी बने । 

    प्रिन्स फेस अफ मारवाडीको विजेता निर्भिक अग्रवाल तथा प्रथम उपविजेता र द्वितीय उपविजेता सार्थ अग्रवाल र लक्ष्य शर्मा भए । प्रिन्सेस फेस अफ मारवाडी धनी अग्रवाल तथा प्रथम उपविजेता र द्वितीय उपविजेता आलिया टिबडेवाल र काव्या चौधरी भए । 

    सबै पाँच विधा समेटेर ‘सर्वाधिक लोकप्रिय’ व्यक्तित्व भने तेजस अग्रवाल, काश्वी जोशी, देवांशी जोधाणी, परिधि अग्रवाल र निर्भिक अग्रवाल लाई घोषणा गरियो ।