आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

देशका प्रमुख चार शहरमा मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुँदै


  • आफ्नै खबर
  • २०८० फागुन ५, शनिबार मा प्रकाशित २ साल अघि
  • ३८ पाठक संख्या
  • काठमाडौं– नेपाल आइडल, भारतीय टिभी च्यानल सारेगमप तथा इन्डियन आइडलमा पनि माथिल्लो स्थानसम्म पुग्न सफल मेनुका पौडेलको आफ्नो पहिलो लाइभ साङ्गीतिक कार्यक्रम काठमाडौंबाट सुरु हुने भएको छ ।

    उनको आर्टिस्ट म्यानेजर माईपे इमेन्ट्सले जनाएअनुसार तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा २०८० फागुन १८ गतेदेखि चैत १६ गतेसम्म काठमाडौं., चितवन, पोखरा र इटहरीमा उनको सङ्गीतिक कार्यक्रम हुन लागेको हो । उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट लिन सकिने आयोजकले जनाएका छन् ।

    फागुन १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रममा साधारण टिकटको दर १ हजार रुपैयाँ तथा विशिष्ट टिकटको दर १५ सय रुपैयाँ राखिएको कार्यक्रमको टिकेटिङ पार्टनर माईपे वालेटले जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु