१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

'डिग्री माइला'को ट्रेलर सार्वजनिक



  • आफ्नै खबर
  • १२  २०८० सोमबार (२ बर्ष अघि)
  • पाठक संख्या २४३
  • काठमाडौं-  नेपाली सिनेमा 'डिग्री माइला'को ट्रेलर सार्वजनिक भएको छ। रामबाबु गुरुङ निर्देशित सिनेमाको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। सिनेमामा दयाहाङ राई प्रमुख भूमिकामा छन् ।

    झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङ राईलाई प्रस्तुत गरिएको छ। तर दयाले यी अपेक्षालाई उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ।

    क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैं पिरा स्वभावका दयाको खिचातानीलाई ट्रेलरमा कमेडी शैलीमा प्रस्तुत गरिएको छ। दयाहाङको केन्द्रीय भूमिकामा रहेका सिनेमामा अभिनेत्री आँचल शर्मा उनको प्रेमीका बनेकी छिन्। 

     

    सिनेमा बाँसुरी फिल्मस्, कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्ले निर्माण गरेको सिनेमामा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ भने अभिनेत्री ऋचा शर्माको विशेष भूमिका छ। सिनेमा आगामी चैत ३० गते रिलिज हुनेछ।