२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

नेपाल–कोरिया संयुक्त आरोहण दललाई प्रधानमन्त्रीद्वारा झन्डा हस्तान्तरण



  • रासस
  •     (१ बर्ष अघि)
  • पाठक संख्या ६९
  • काठमाडौँ/  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल आरोहण टोलीलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभएको छ । नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा जुगल हिमाल आरोहण गर्न लागेको उम होङ गिलसहितका आरोही रहेको सँयुक्त टोलीलाई प्रधानमन्त्रीले झण्डा हस्तान्तरण गर्नुभएको हो । 

    प्रधानमन्त्री दाहालले आरोहण दलका सदस्यलाई सफल आरोहणको सफलताको कामना गर्नुभयो । यस कदमले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । जुगल हिमाल आरोहणबाट पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल र दक्षिण कोरियाबीच सहयोगका विविध क्षेत्रमा भइरहेका प्रगतिको प्रशंसा गर्नुभयो । 

    प्रधानमन्त्री दाहालले पछिल्लो पटक राष्ट्रसङ्घको महासभाका बेला दक्षिण कोरियाली राष्ट्रपतिसँग आफ्नो भेटवार्ता भएको र त्यस अवसरमा आफूलाई दक्षिण कोरिया भ्रमणको निम्तो दिनुभएको स्मरण गर्नुभयो ।

    सरकारले जुगल प्रथम (६ हजार पाँच सय ९१ मिटर) र जुगल दोस्रो (६ हजार पाँच सय १८ मिटर) अग्लो हिमाललाई गत वर्षदेखि आरोहणका लागि खुला गरेको हो ।