आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

नयाँ वर्षमा एटिकको नेपाली शैलीको सांस्कृतिक कार्यक्रम


  • आफ्नै खबर
  • २०८० चैत्र २६, सोमबार मा प्रकाशित १ साल अघि
  • २० पाठक संख्या
  • काठमाडौं– नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नका लागि विभिन्न गतिविधि हुनु सामान्य हो । नेपालमा पनि नयाँवर्ष २०८१ को शुभकामना आदानप्रदान गर्दै मनोरञ्जन गर्नु नौलो होइन । 

    युवा वर्गलाई लक्षित गर्दै नयाँ वर्ष मनाउनका लागि ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्ट एण्ड बारले पनि नेपाली शैलीको विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । 

    यो विशेष उत्सवमा नेपालको हिमालदेखि तराईंसम्मको देशको भूभागलाई दर्शाउने भूस्वरुपको सजावटसहित उत्कृष्ट नेपाली भोजनको व्यवस्था गरिने एटिक परिवारले जनाएको छ। 

    नेपाली शैलामा नयाँ वर्षलाई स्वागत गर्दै नेपाली खाना, नेपाली सजावटको साथमा हास्यकलाकार बिश्वास तिमल्सिना (बिटी कान्छा)सँगै अमितजङ्ग र मुक्ति एण्ड रिभाइबलको प्रस्तुतिसमेत रहने जनाइएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु