१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

सम्पन्न भयो चौतारा अस्पतालको पुनर्निर्माण



  • रासस
  • २७ चैत २०८० मंगलबार (८ महिना अघि)
  • पाठक संख्या १०९
  • सिन्धुपाल्चोक/  सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा अस्पतालको पुनर्निर्माण सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनर्निर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । 

    भूकम्पले भग्नावशेषमा परिणत भएको अस्पताल भवन ६ करोड १० लाख चिनियाँ युआनमा ३९ शड्ढयाको सुविधासम्पन्न अस्पताल निर्माण पूरा भएको ‘चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभर प्रजेक्ट इन नेपाल’का प्रमुख गुओ बाओचेङले बताउनुभयो । चाइना चियुयान इन्जिनियर कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले उक्त भवन तयार पारेको हो ।

    अस्पताल भवनको भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी, पोषण, भान्सा, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् । त्यसैगरी, भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस, फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छन् । भुइँतलामै चार सय ५० केभीको जेनेरेटर र ‘मेडकिल वेस्ट वाटर प्रोसेसिङ’ उपकरण जडान गरिएका छन् ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?