तनहुँ/ प्रदेश सरकारको बजेटले तनहुँ जिल्लामा मात्र दुई आर्थिक वर्षमा ७ वटा पक्की पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत आवमा ५ र चालू आवमा २ वटा मोटरेबल पुल बनेका हुन् ।
त्यस्तै, ११ वटा पक्की पुल निर्माणाधीन रहेको पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । निर्माणाधीन पुलका लागि २२ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएकामा ३ करोड २६ लाख २१ हजार रुपैयाँ खर्च भएको छ । चालू आवमा ऋषिङ गाउँपालिका– ५ रूपाटारको लुम्दीखोलामा ३० लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको छ । त्यस्तै, म्याग्दे गाउँपालिकाको बेलसोती मार्गको म्याग्दे खोलामा ३० लाख रुपैयाँको लागतमा अर्को पुल बनाइएको छ ।
गत आवमा ५० लाख रुपैयाँको लागतमा भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका जोड्ने क्याङ्दीखोलामा ५० लाख रुपैयाँ, ऋषिङ र रूपाटार जोड्ने ज्वालाखोलामा ३० लाख रुपैयाँ, घिरिङ गाउँपालिका– ४ नयाँटारमा तिरम्दीखोलामा ३० लाख रुपैयाँ, घिरिङ गाउँपालिका– १ द्रुपद खोलामा ३० लाख रुपैयाँ र आँबुखैरेनी गाउँपालिका– ३ र ४ जोड्ने सिउदीखोलामा ५० लाख रुपैयाँमा पुल बनेका हुन् ।
इन्जिनियर मिश्रका अनुसार चालू आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरेखोलामा ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । दमौली बिसघरे झापुटारमा रहेको सेती नदीमा ४ करोड रुपैयाँको लागतमा पुल निर्माणाधीन छ । शुक्लागण्डकी नगरपालिका– ५ र ८ जोड्ने सेती नदीमा ३ करोड रुपैयाँ, बन्दीपुरको खुदीखोलामा १ करोड रुपैयाँ, व्यास नगरपालिका– ११ को बुल्दीखोलामा १ करोड ५० लाख रुपैयाँ, शुक्लागण्डकी नगरपालिका– १० र भिमाद नगरपालिका– ८ जोड्ने क्याङ्दीखोलामा १ करोड ५० लाख रुपैयाँ, म्याग्दे गाउँपालिका–४ मिन माविपछाडि म्याग्देखोलामा १ करोड ७० लाख रुपैयाँ लागतमा पुल निर्माणाधीन छ ।
यसैगरी, भिमाद नगरपालिका– ३ बुडुवाखोलामा ४० लाख रुपैयाँ, भिमाद नगरपालिका– ५ को बुडुवाखोलामा १ करोड रुपैयाँ, भिमाद नगरपालिका– १ डुम्रीबँेसीमा १ करोड ४० लाख रुपैयाँ र बन्दीपुर गाउँपालिका– १ र भानु नगरपालिका– १ जोड्ने तल्लो डुम्रेमा ५० लाख रुपैयाँको लागतमा पुल बनिरहेको छ ।
प्रतिक्रिया दिनुहोस