७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालका धावक दीक्षित छनौट



  • रासस
  • ४ हप्ता अघि
  • पाठक संख्या ८९
  • काठमाडौँ/   विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा नेपालका तर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनौट भएका छन् । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा नेपालका तर्फबाट २० वर्षीय धावक दीक्षित मात्र छनौट भएका हुन् । 

    विश्व खेलकुद इतिहासमा ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ । लामो दूरीको दौडतर्फ विश्वभर चर्चित उक्त म्याराथन प्रतियोगिता भोलि लण्डनमा हुँदैछ । प्रतियोगितामा भाग लिन विश्वका ५० हजारभन्दा बढी युवा खेलाडी लण्डन पुगिसकेको नेपाली धावकका हजुरबुवा डा. सुन्दरमणि दीक्षितले जानकारी दिनुभयो । 

    बच्चैदेखि शारीरिक व्यायम र दौडमा रुचि राख्ने कुशलले भारतको नयाँ दिल्लीमा स्कुल पढ्नेक्रममा स्थानीय विद्यालयको साथै दिल्ली सरकारद्वारा आयोजित विभिन्न दौड प्रतियोगितामा कैयौँ पुरस्कार तथा पदक जितेको डा. दीक्षितले जानकारी दिनुभयो ।  संयुक्तराज्य अमेरिकाको सिकागोमा स्नातक तहमा अध्ययनरत युवा धावक दीक्षित म्याराथन प्रतियोगितामा भाग लिने सिलसिलामा अहिले लण्डन पुगेका छन् । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?