२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

मनास्लु हिमालमा हिमपहिरो, बुढीगण्डकी नदीआसपासका क्षेत्रमा उच्चजोखिम



प्रतिकात्मक तस्विर
  • आफ्नै खबर
  • ९ बैशाख २०८१ आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या ११४
  • गोरखा/  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– १, सामागाउँमा पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र तालनजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिनुभयो । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी बुढीगण्डकी नदीमा मिसिएको उहाँले बताउनुभयो । 

    ‘बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ,’ उहाँले भन्नुभयो, ‘हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बुढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खाको बेलामा जस्तै बुढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ ।’

    वीरेन्द्र ताल

    उहाँले नदीमा पानीको वहाब बढेकाले बुढीगण्डकी नदीको आसपासमा खतरा हुन सक्ने अवस्था रहेको बताउनुभयो । ‘सानो खालको हिमपहिरो त अरू समयमा पनि जान्थ्यो,’ लामाले भन्नुभयो, ‘तर, अहिले निकै ठूलो हिमपहिरो गएको छ ।’

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो । नदीमा आएको पानीको बहावले सामागाउँमा एउटा काठे पुलमा क्षति पु¥याएको जानकारी आएको एसपी पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीको टोली घटनास्थल पुगिसकेको छ,

    अहिले तत्काल थप क्षति हुने अवस्था देखिएको छैन ।’
    गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बुढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदीवरपर नजान र सतर्क रहन सबैलाई आग्रह गरिएको बताउनुभयो । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बुढीगण्डकी नदीको मुहानको रूपमा लिने गरिन्छ ।

    रासस