आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

झापा गाउँपालिकामा ११ र १२ मा अध्ययनरत सवैलाई छात्रवृत्ति


  • आफ्नै खबर
  • २०८१ बैशाख ११, मंगलबार मा प्रकाशित १ साल अघि
  • १५ पाठक संख्या
  • झापा/  झापाको झापा गाउँपालिकाले यहाँका ६ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिनुभयो ।

    यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उहाँले बताउनुभयो । गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार ६ सय ५० रुपैयाँ र कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार २ सय रुपैयाँ तथा प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजार रुपैयाँका दरले  छात्रवृत्ति प्रदान गरेको हो ।

    कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविका ३ सय ५२ विद्यार्थी र जनता माविका २ सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो । 

    झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा छन् ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु