आज: २०८२ चैत्र २, सोमबार | Mon, 16, Mar, 2026

कोशीका मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ


  • आफ्नै खबर
  • २०८१ बैशाख २७, बिहिबार मा प्रकाशित १ साल अघि
  • २१ पाठक संख्या
  • विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

    आजै कोशीमा मन्त्रिपरिषद् समेत गठन गरिएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको हो ।

    नवनियुक्त मन्त्रीलाई समेत नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु