१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड (फोटो कथा)



  • आफ्नै खबर
  • २१ भदौ २०८१ शुक्रबार (३ महिना अघि)
  • पाठक संख्या ११३
  • काठमाडौं/  प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

    पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न आएका भक्तजन । 

    पशुपतिमा नाचगान गर्दै भक्तजन । 

    पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना एवं दर्शन गर्न आउँदै वृद्धा ।

    दाङको घोराही उपमहानगरपालिका–१५ स्थित रतनपुर मन्दिरमा पूजा गर्न लामवद्ध भक्तजन । 

    दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गुलेरियामा अवस्थित शिवपार्वती मन्दिरमा हरितालिका तीज पर्वका अवसरमा सामूहिक पूजा गर्दै महिला । 

    कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित शिव मन्दिरमा भगवान शिवको पूजा आराधना गर्न आएका भक्तजनहरु ।

    बाँकेको नेपालगञ्जस्थित प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजा गर्नको लागि लामबद्ध भक्तजन ।  

    दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिरमा हरितालिका तीज पर्वका अवसरमा शुक्रबार पूजापाठ गर्न लामबद्ध भक्तजन । 

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ मा अवस्थित डोलेश्वर महादेवको मन्दिरमा पूजा आराधना गर्न लामबद्ध भक्तजन । 

    हरितालिका तीज पर्वका अवसरमा शुक्रबार जनकपुरधामको शिव मन्दिरमा भगवान शिवको पूजा आराधना गर्दै भक्तजन ।

    महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा शुक्रबार पूजा आराधना गर्दै भक्तजन । 

    तस्बिरहरु : रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?