१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बागमती नगर सुविधा बस्तीको कारुणिक अवस्था 



  • आफ्नै खबर
  • २३ भदौ २०८१ आईतबार (३ महिना अघि)
  • पाठक संख्या २२१
  • बागमती नगर सुविधा बस्ती (अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति)को यो कारुणिक अवस्था देख्दा पटक्कै चित्त बुझेन । 

    बौद्धमा केही समय बिताउनु पर्ने भएकोले बिहान-बिहान बागमती करिडोर हुँदै गुहेश्वरी सयर गर्ने मनसुवा उठ्यो। अरुणिमा कलेजबाट बागमती किनार नपुग्दै फराकिलो उद्यानले ध्यान खिच्यो ।

    'बागमतीनगर सुविधा बस्ती" लेखिएको थियो साइनबोर्डमा !  काठमाडौँ महानगर - ६ गुहृयेश्वरीमा रहेको यस बागमती नगर उद्यान जापान प्रवासमा देखेको जस्तै फराकिलो मैदान,  प्याराफिट, वाटर फाउन्टेनको लागि छोडिएका जस्तो देखिने धाराको टुटीहरु, एउटा रुख नीम होला सायद - त्यसमा ठूलो चौतारो,  बस्ती विकासको बीचमा भएर होला अग्लो जालीले घेरिएको फुट्बल खेल मैदान, आडैमा भलिबल - बास्केट बलको कोर्ट, वरिपरि घुम्दा अन्दाजी ४-५ सय मिटरको वाकिङ ट्रेल जस्ता निकै आकर्षक पूर्वाधारहरु थिए । 

    छानो भएको ८-१० ओपन कोठा पनि थियो । सनातिना प्रदर्शनी या खुल्ला ब्यापार मेलाका लागि उपयुक्त देखिन्थे । शौचालयको प्रबन्ध पनि सुरुवाती चराणमा राम्रो, व्यवस्थित रहेछ । तर दुर्भाग्य, लक्जरियस कमोट - बेसिन हालिएको शौचालय अहिले भताभुङ्ग देखिन्थे, टुटफुट मात्र हैन तोडफोडनै गरिएको हालतमा थिए । 

    कुरुवा कक्षाको लागि बनाइका जस्ता देखिने कोठाहरु घरवार बिहिनका लागी आश्रय स्थल बनेको छ । उद्देश्यमूलक उपयोगिता नभए पनि उपयोगमा त आएको रहेछ, १ मनले सकारात्मक बिन्दु पहिल्यायो । अर्को मनले भन्यो , "माल पाएर चाल नपाउने" प्रवृत्ति र बिडम्बना कठै लाग्दो छैन त ?

    नगर अथवा वडा स्तरिय बजेटबाट युवा क्लब, खेलकुद डोजो, कार्यकर्ता प्रोत्साहन कार्यक्रमका लागि थुप्रै आर्थिक अनुदान खर्चिने सरकार अथवा स्थानीय निकायले तिनैलाई ब्यवस्थापन जिम्मा दिएको भए कति सुन्दर हुन्थ्यो होला ? लाखौं (शायद करोडौँ ) खर्च भएर बनेको यो संरचना ! 

    आफ्नै खबरका एक पाठक 

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?