१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

कूटनीतिक सम्बन्ध बलियो बनाउन ‘कन्सर्ट’ 



  • आफ्नै खबर
  • ३० कात्तिक २०८१ शुक्रबार (२ हप्ता अघि)
  • पाठक संख्या ४६
  • काठमाडौं/  नेपाल, जापान र दक्षिण कोरियाका कलाकारले संयुक्त रुपमा ‘के पप टुर इन नेपाल’ म्युजिकल कन्सर्ट आयोजना गर्ने भएका छन् । ‘ग्राण्ड च्यारिट नेपाल’ले डिसेम्बर २० र २१ तारिखमा होटल हयातमा कन्र्सट आयोजना गर्न लागेको हो । 

    कार्यक्रममा जापान, दक्षिण कोरिया र नेपालका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने ग्राण्ड च्यारिटी नेपालका अध्यक्ष विश्वमित्र सुवेदीले बताउनुभयो । ‘तीन देशको कूटनीतिक सम्बन्ध बलियो बनाउन साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेका हौँ’, उहाँले भन्नुभयो, ‘कला र संस्कृतिले सम्बन्ध प्रगाढ हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजेका छौँ ।’  

    उहाँका अनुसार कोरिया तथा जापानका केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रुप, लभ वन ग्रुप, ‘सामुराई’ नामक ब्याण्डका कलाकारले प्रस्तुति राख्नेछन् । नेपालकोतर्फबाट कुटुम्ब ब्याण्डका साथै गायक दीपक बज्राचार्य र नेपाल आइडल करण परियारको प्रस्तुति रहनेछ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?