२९ बैशाख २०८२ सोमबार | 12 May 2025 Mon

निर्मलराज पौडेलले ल्याए ‘चिरबिर चरी मायालु परी’



  • आफ्नै खबर
  • ८ पुष २०८१ सोमबार (५ महिना अघि)
  • पाठक संख्या १२२
  • काठमाडौं/  गीतकार निर्मलराज पौडेलको ‘चिरबिर चरी मायालु परी’ नामक गीत सार्बजनिक भएको छ । गीतमा पौडेलसंगै गायीका अस्मिता अधिकारीले स्वर दिनु भएको छ । 

    मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गर्नुभएको छ । अग्रेजी नयाँबर्षको सन्दर्भ  पारेर प्रेमील गित तयार पारिएको गीतकार पौडेलले बताउनु भयो । 

    उहाँले भन्नुभयो ‘नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त भिडियो निर्माणमा कुनै पनि संम्झौता गरेका छैनौँ ।’ 

    यसअघि गीतकार तथा गायक पौडेलको ‘छम्म नाचौँ–छप्प नाचौँ’, ‘यसपाली को तीज रमाइलो’ र ‘बडा दशैं बडा दशैं, हर्षको आगमन’ गीतहरु पनि सार्बजनिक भएका थिए ।