९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

बजाज मोटरसाइकलले ल्यायो ‘बजाज प्रिमियर लिग’ योजना



  • आफ्नै खबर
  • १२ भदौ २०८२ बिहिबार (३ महिना अघि)
  • पाठक संख्या १६६
  • काठमाडौँ/  नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ तिहार लगायतका आउँदै गरेका ठूला पर्वलाई लक्षित गरेर व्यवसायीक योजना अन्तर्गत ‘बजाज प्रिमियर लिग (बिपिएल)’ सार्वजनिक गरेको छ । 

    मोटरसाइकललाई यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको लिइसकेका ग्राहकलाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो योजना सुरु गरेको जनाएको छ ।  

    योजनाको विशेषतामा हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनु लगायतका रहेको जनाइएको छ ।

    जसमा सातै प्रदेशबाट हरेक हप्ता ५० हजार रुपैयाँ नगद उपहार, प्लेयर अफ द विक बन्ने ग्राहकलाई एक लाख रुपैयाँ नगद, चर्चित क्रिकेटरहरूसँग भेट्ने अवसर लगायतको रहेको उल्लेख छ । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागुहुने कम्पनीले जनाएको छ । 

    योजनामा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउने कम्पनीको भनाइ छ ।  

    गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, ‘नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि बिपिएलले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ ।’

    त्यतिमात्रै नभइ यो योजनाले मोबाइल खेलप्रेमीहरूलाई लक्षित गरेर मोबाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरू जित्ने अवसर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरू प्राप्त गर्न सकिने र जोसुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।