३ असोज २०८२ शुक्रबार | 19 Sep 2025 Fri

सुरु भयो बजाजको ग्रयाण्ड एक्सचेन्ज



  • आफ्नै खबर
  • ३ असोज २०८२ शुक्रबार (३ घण्टा अघि)
  • पाठक संख्या ५५
  • काठमाडौँ/  मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्रयाण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा सुरु भएको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ ।

    ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी मुल्याङ्कनकर्ताबाट आफ्नो पुरानो सवारीसाधनको उच्चतम् मूल्याङ्कन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै, १० हजार रुपैयाँसम्म थप मुल्याँकन, नगद छुट्, निःशुल्क सामानहरू र अन-द-स्पट फाइनान्स सुविधा उपलव्ध रहेको जनाइएको छ । 

    सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउनेछन् । साथै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिने जनाइएको छ । योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ ।

    त्यस्तै, नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक पर्ने छैन । शून्य सर्भिस चार्ज र सरल  किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन-द-स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ । 

    बजाजले यसअघि नै दसैँ-तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’ पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार रुपैयाँ नगद उपहार, प्लेयर अफ द विक बन्ने ग्राहकलाई १ लाख रुपैयाँ नगद,  चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउनेछन् ।