आज: २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026

उत्तर पूर्वी काठमाडौँका शैक्षिक अभियन्ता थापाको भौतिक अवसान


  • आफ्नै खबर
  • २०८२ चैत्र १, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • ३८ पाठक संख्या
  • काठमाडौँ/ काठमाडौँ उपत्यकाकै उत्तर पूर्वी क्षेत्रको शैक्षिक विकासका लागि जिवन समर्पित गर्नुभएका बुद्धिबहादुर (अमिर) थापा ले आज बिहान ६ बजे धर्ती त्याग गर्नुभएको छ । उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

    १९९३ सालमा काठमाडौँको बौद्ध रामहिटीमा जन्मनुभएका थापा सानै देखि विद्रोहि स्वभावका हुनुहुन्थ्यो । त्यस समयको सामाजिक र शैक्षिक व्यवस्था अनुसार पर्याप्त अध्ययन गर्न नपाउनु भएका थापाले आफ्नो युवा अवस्थादेखिकै सम्पूर्ण जीवन यस क्षेत्रको शैक्षिक उन्नयनका लागि समर्पित गर्नुभएको थियो ।

    उहाँका बुबा स्व. मेघबहादुर थापालाई तत्कालीन जुद्धशमशेरको शासनकालमा सेनाभित्र भएको आर्थिक अपचलनको विरुद्ध आवाज उठाएको आरोपमा १९९७ साल फागुन ७ गते काठमाडौँको टुँडिखेलमा फाँसी दिइएको थियो । उहाँ सेनामा सुवेदारको पदमा हुनुहुन्थ्यो ।

    यो पनि पढ्नुहोस् :
    अमिर थापाको बाल विद्रोह 

    बाबुले सामाजिक चेतनाका लागी दिएको सहादतले उहाँलाई सामाजिक परिवर्तनको पक्षमा उभ्यायो । त्यसै कारण उहाँ शैक्षिक क्षेत्रको उन्नयनमा लागिपर्नुभएको थियो ।

    स्वर्गीय थापाले शैक्षिक क्षेत्रमा गर्नुभएको त्याग र योगदानको कदर गर्दै आफ्नै खबर परिवार उहाँप्रति हार्दिक श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु