आज: २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

काठमाडौँका सबै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने


  • आफ्नै खबर
  • २०८२ फागुन २१, बिहिबार मा प्रकाशित १ घण्टा अघि
  • ६१ पाठक संख्या
  • काठमाडौँ/  प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

    काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिनुभयो ।

    खसेको मतको यकिन हुन केही समय लाग्ने उहाँको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिनुभयो ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु