आज: २०८२ चैत्र २२, आईतबार | Sun, 05, Apr, 2026

क्लबले अस्पताललाई दियो ‘थाइराइड रोग’ को पहिचान गर्ने उपकरण


  • आफ्नै खबर
  • २०८२ चैत्र २२, आईतबार २ घण्टा अघि
  • ५३ पाठक संख्या
  • महोत्तरी/  बर्दिबास युथ क्लबले बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’ को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । क्लबले ‘सिला मागलुमि ८००’ नामक उपकरण सहयोगस्वरूप प्रदान गरेको हो ।

    अस्पतालमा उक्त रोग पहिचानका लागि उपकरण नहुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता रही आएको थियो । यस्तो अवस्थालाई दृष्टिगत गर्दै बर्दिबास युथ क्लबले बर्दिबास अस्पतालका लागि २४ लाख ८६ हजार रुपैयाँको ‘थाइराइड उपचार मेसिन’ प्रदान गरेको हो ।

    बर्दिबास युथ क्लबका अध्यक्ष कृष्ण कार्कीले बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मालाई उक्त मेसिन हस्तान्तरण गर्नुभएको हो ।

    त्यस अवसरमा नगरप्रमुख क्षेत्री र अस्पताल विकास समितिका अध्यक्ष शर्माले अस्पतालमा आजैदेखि थाइराइड रोगको पनि उपचार सुरुआत गरिने जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु