आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

वीरगञ्ज र जनकपुरमा खुले शाओमीका आधिकारिक सर्भिस सेन्टर


  • आफ्नै खबर
  • २०८२ फागुन १७, आईतबार मा प्रकाशित ११ घण्टा अघि
  • ९३ पाठक संख्या
  • काठमाडौँ/  प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले वीरगञ्जको आदर्शनगर र जनकपुरको शिवचोक, अर्विट मलमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

    यी सर्भिस सेन्टरहरू सञ्चालनमा आएसँगै मधेस प्रदेशका शाओमी प्रयोगकर्ताहरूले अब आफ्नै क्षेत्रमा आधिकारिक गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । कम्पनीका अनुसार यस विस्तारले ग्राहकको सन्तुष्टि अझ सुदृढ हुने विश्वास लिइएको छ ।

    नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन तथा हेडफोन) र विभिन्न आइओटी उपकरणहरूको मर्मत, प्राविधिक जाँच तथा सेवा उपलब्ध गराइनेछ । यहाँ प्रयोग हुने सबै स्पेयर पार्ट्स आधिकारिक (जेनुइन) हुने कम्पनीको दावी छ ।

    यी सर्भिस सेन्टरहरूको सञ्चालन टेलिडाइरेक्टर प्रा.लि.ले गर्नेछ । टेलिडाइरेक्ट, रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सेवा व्यवस्थापन गर्दै आएको छ र ग्राहकमाझ विश्वासिलो सेवा प्रदायकका रुपमा स्थापित छ ।

    उद्घाटनको अवसर पारेर कम्पनीले एक महिनासम्म ग्राहकहरूले सबै उपकरणमा निःशुल्क सर्भिसिङ तथा सफ्टवेयर अपग्रेड सेवा पाउने जनाइएको छ । साथै वारेन्टीबाहिर रहेका स्पेयर पार्ट्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट तथा वारेन्टीबाहिरका स्पेयर पार्ट्समा कुनै सर्भिस शुल्क नलाग्ने सुविधा उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ ।

    दुवै सर्भिस सेन्टरमा दक्ष तथा तालिमप्राप्त प्राविधिक टोली रहनेछ, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासमेत आधिकारिक र मापदण्डअनुसारको सेवा प्रदान गर्ने कम्पनीको दावी छ । 

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु