आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

जनमत पार्टी फुटाउनेविरुद्ध सीके राउतले गुहारे सर्वोच्च


  • आफ्नै खबर
  • २०८२ आश्विन ३०, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • २२ पाठक संख्या
  • काठमाडौं । पार्टी फुटाएर दर्ता गरिएको नयाँ दलविरुद्ध जनमतका अध्यक्ष डा. सीके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । राउतबाट अख्तियारी प्राप्त गरी आफ्नो हकमा समेत सत्यनारायण खत्वेले निर्वाचन आयोगलाई समेत प्रतिवादी बनाउँदै मुद्दा हालेका हुन् ।

    दायर मुद्दामाथि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह-रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।

    जनमतका तत्कालीन उपाध्यक्ष दिपक साहले तत्कालीन केन्द्रीय समितिको २६ प्रतिशत अर्थात १४ जना केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यलाई फुटाएर जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् ।

    आयोगले दल दर्ता भएको प्रमाणपत्र समेत दिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु