आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

पाल्चोक भगवती


  • आफ्नै खबर
  • २०८० चैत्र २, शुक्रबार २ साल अघि
  • ६० पाठक संख्या
  • सिन्धुपाल्चोक जिल्लाको नामकरण नदी र भगवतीको नाममा भएको हो । सिन्धु नदी र पाल्चोक भगवती । पछिल्लो समय पाल्चोक भगवतीको चर्चा दिन दिनै बढ्दो छ । मानिस टाढाटाढादेखि भगवतीको दर्शन गर्न जान्छन् । मैले भगवतीको दर्शन गर्न जाँदा पुजारीलाई श्रद्धापूर्वक लगेको पूजा–सामग्री दिएँ । उनले मोबाइलमा कुरा गर्दै एक हातले हुर्र–हुर्र पूजा–सामग्री फालेजस्तो गरी चढाइदिए । त्यसपछि नरिवल फोरेर दिए र नरिवल फोरेबापत ५० रुपैयाँ मागे । धर्म र आस्थाको कुरो विवाद ठीक लागेन । खुरुक्क तिरेँ । बाहिर बोर्डमा पनि बोका, कुखुरा, हाँसको फुल चढाएबापतको शुल्क थियो । तर नरिवल चढाएको शुल्क थिएन । आस्थामा चल्नुपर्ने मन्दिर, व्यापारतर्फ ढल्कियो कि भन्ने लाग्यो । चित्त बुझेन । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु