आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

कथाकार प्रधानको निधन


  • आफ्नै खबर
  • २०८० चैत्र ६, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • काठमाडौँकथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । हिजो राति आफ्नै निवास नयाँबानेश्वरकाठमाडौँमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।  ।

    २०२० सालमा साहित्यकार कल्पना प्रधानका रूपमा चर्चित जानुकादेवी रेग्मीसँग भागी बिहे गर्नुभएको स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

    पी.आर. प्रधान नामले समेत चिनिने स्वर्गीय प्रधानले वि.सं. २०१६ मा विराटनगरबाट प्रकाशित हुने छहारीमा “हाँसेकी ती चन्द्रमा” शीर्षक पहिलो रचनाबाट साहित्यिक यात्रा आरम्भ गर्नुभएको थियो । ‘जीवन पथ’ कविता संग्रह पछि भने कवितालाई चटक्कै छाडेर कथालाई मूल विधाका रुपमा लेख्ने प्रधानका वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित छन् । नेपाली विषय र राजनीतिशास्त्र विषयमा एम ए सम्मको अध्ययन गर्नुभएका प्रधानले पूर्वाञ्चल क्षेत्रकै साहित्यको अगुवाई गर्न विराटनगरमा वाणी प्रकाशन समेत स्थापना गर्नुभएको थियो ।

    खोबी मिडिया प्रा.लि. द्वारा सञ्चालित आफ्नै खबर डट कम परिवार उहाँ प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ !

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु