आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश भ्रमण गर्न पाउने


  • आफ्नै खबर
  • २०८१ बैशाख ४, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण बेसक्याम्प, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, बाली, दुबई भ्रमणका लागि सहुलियत मूल्यका योजनाहरू ल्याएको हो । 

    बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २ सय १० रुपैयाँ र विदेश भ्रमणका लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकको क्रेडिट कार्डवाहक ग्राहकले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने जनाइएको छ । 

    साथै, योजनामा आबद्ध भई क्रेडिट कार्ड लिन चाहने व्यक्तिलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट दिने उल्लेख छ । ग्लोबल आइएमई बैंक देशका सबै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु