आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

नौमती बाजा बजाउन महिलाको सक्रियता


  • आफ्नै खबर
  • २०८१ बैशाख २५, मंगलबार १ साल अघि
  • २९ पाठक संख्या
  • गोरखा/  पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु गरेको छ । नगरपालिकाले चालू आवको कार्यक्रमअन्तर्गत महिलाको सीप विकास र क्षमता अभिवृद्धिका लागि सोमबारदेखि नौमती पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरेको हो । 

    नगरप्रमुख विवश चिन्तनले भन्नुभयो, ‘नौमती पञ्चेबाजाको संरक्षण र संवद्र्धनसँगै लोप हुँदै गएको हाम्रो परम्परागत संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो ।’ यसबाट महिलामा सीप विकास हुँदै जाने तथा हाम्रो संस्कृतिको पनि जगेर्ना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    पछिल्लो समय विवाह, व्रतबन्ध, चाडबाड तथा मेलापर्व र उत्सवहरूमा नौमती पञ्चेबाजाको माग बढी हुने गरेको भए पनि बाजा बजाउन सक्ने दक्ष जनशक्तिको भने अभाव रहँदै आएको छ । पञ्चेबाजा बजाउने सीपको पुस्तान्तरण नभएकाले पनि समस्या भएको हो ।

    ‘बाहिरबाट भिœयाइएका अन्य खालका आधुनिक बाजाको प्रभावले हाम्रो मौलिकता हराएर जाने अवस्था पनि बढ्दै गएको छ,’ नगरप्रमुख चिन्तनले भन्नुभयो, ‘परम्परागत समाजमा कुनै एक समुदायले मात्र पञ्चेबाजा बजाउँछन् भन्ने सोचको पनि परिवर्तन गर्दै सीप सबैले सिक्नुपर्छ र काम गर्नुपर्छ भन्ने सन्देश पनि यसखालको तालिमले दिएको छ ।’

    तालिममा विभिन्न जातजाति र समुदायबाट प्रतिनिधित्व गर्ने महिलाको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । १ महिनासम्म सञ्चालन हुने नौमती पञ्चेबाजा बजाउने तालिममा २० महिलाको सहभागिता रहेको छ ।
    रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु