आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

 ९६ स्थानमा रास्वपा अगाडि


Thumbnail
  • आफ्नै खबर
  • २०८२ फागुन २२, शुक्रबार मा प्रकाशित ३ दिन अघि
  • ६१ पाठक संख्या
  • काठमाडौँ/  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

    निर्वाचन आयोगका अनुसार गणना भइरहेका एक सय ३५ निर्वाचन क्षेत्रमा अपराह्न ५ बजेसम्म रास्वपाका उम्मेदवार ९६ स्थानमा, नेपाली काङ्ग्रेसका उम्मेदवार ११ स्थानमा, नेकपा (एमाले) का उम्मेदवार १० स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नौ स्थानमा अगाडि छन् ।

    त्यस्तै श्रम संस्कृति पार्टीका तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् ।

    हालसम्म रास्वपाका रञ्जु दर्शना १५ हजार चार सय ५५ मतसहित काठमाडौँ क्षेत्र नं. १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार तीन सय सात मतसहित मुस्ताङबाट विजयी भएका छन् । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु