आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

समानुपातिक मतगणना सुरु


  • आफ्नै खबर
  • २०८२ फागुन २२, शुक्रबार ४ महिना अघि
  • २४२ पाठक संख्या
  • काठमाडौँ/  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतको सामानुपातिकतर्फको पनि मतगणना सुरु भएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले काठमाडौँ–१ बाट समानुपातिकतर्फको मतगणना थालिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार अहिलेसम्म समानुपातिकतर्फ १९ हजार सत सय २८ मतगणना हुँदा ११ हजार पाँच सय ६२ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याएको छ । यस्तै, नेपाली काङ्ग्रेसले तीन हजार ६ सय ६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार सात सय ५२, नेकपा (एमाले) ले एक हजार एक सय ५२, श्रम संस्कृति पार्टीले चार सय ४१, नेपाली कम्युनिष्ट पार्टीले तीन सय ९२ मत ल्याएका छन् ।

    राष्ट्रिय परिवर्तन पार्टीले दुई सय ७३ मत प्राप्त गरेको छ भने अन्य विभिन्न दलले एक सयभन्दा तल मत प्राप्त गरेका छन् ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु