आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता


  • आफ्नै खबर
  • २०८२ फागुन २२, शुक्रबार मा प्रकाशित १५ घण्टा अघि
  • ९७ पाठक संख्या
  • झापा/  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।

    पछिल्लो मतपरिणामअनुसार झापा–१ मा रास्वपाकी निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भूप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम छ ।

    झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले हालसम्म ६ हजार पाँच सय सय ५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का केपी शर्मा ओलीले एक हजार चार सय २८ मत प्राप्त गर्नु भएको छ । उक्त क्षेत्रमा नेपाली काङ्ग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले एक सय ८६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले एक सय २९ मत प्राप्त गर्नुभयो ।

    झापा–१ मा रास्वपाकी निशा डाँगी ३ हजार एक सय ७० मतसहित अग्रस्थानमा रहँदा नेपाली काङ्ग्रेसका केशवराज पाण्डेले एक हजार २८ र नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र उप्रेतीले सात सय ८० मत प्राप्त गर्नुभएको छ ।

    त्यस्तै, झापा–२ मा रास्वपाकी इन्दिरा राना मगर तीन हजार तीन सय ९५ मतसहित अगाडि हुनहुन्छ ।  नेकपा (एमाले) का देवराज घिमिरेले एक हजार तीन सय १० मत प्राप्त गर्दा राप्रपाका भद्र नेपालले दुई सय तीन र नेपाली काङ्ग्रेसकी सरिता प्रसाईले एक सय ९१ मत प्राप्त गर्नुभएको छ ।

    झापा–३ मा रास्वपाका प्रकाश पाठक चार हजार ७५ मतसहित अग्रस्थानमा रहनुभएको छ । राप्रपाका राजेन्द्र लिङ्देनले दुई हजार सात सय ७९ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले एक हजार चार सय ६८, नेकपा (एमाले) का हरिबहादुर राजवंशीले एक हजार ३७ र नेपाली काङ्ग्रेसका राजेन्द्रकुमार घिमिरेले आठ सय ८० मत प्राप्त गर्नुभएको छ ।

    झापा–४ मा रास्वपाका शम्भूप्रसाद ढकाल पाँच हजार दुई सय ५४ मतसहित अगाडि हुनुहुन्छ । नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले एक हजार दुई सय ४८ मत ल्याउँदा नेपाली काङ्ग्रेसका देउकुमार थेवेले चार सय ७० मत प्राप्त गर्नुभएको छ । जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु