आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक


  • आफ्नै खबर
  • २०८२ फागुन २२, शुक्रबार मा प्रकाशित १५ घण्टा अघि
  • ५६ पाठक संख्या
  • रुकुम पूर्व/  रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयको नजिक पुग्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ ।

    भूमे र सिस्ने गाउँपालिकासँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको आठवटा वडाको मत गणना सकिँदा दाहालले आठ हजार पाँच सय मतले अग्रता कायम गर्दै जितको नजिक पुग्नुभएको हो । उहाँले पन्ध्र हजार आठ सय २३ मत गणना गर्दा प्रचण्डले आठ हजार सात सय ४७ मत प्राप्त गर्नुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लीलामणि गौतमले तीन हजार १७, नेपाली काङ्ग्रेसका उम्मेदवार कुसुमदेवी थापाले दुई हजार चार सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखन थापाले ७१२, राप्रपाका रोशन शाहले ७३ मत प्राप्त गरेका छन् ।

    कुल चार सय ३५ मत बदर भएको छ । अहिले पुथा उत्तरगङ्गा गाउँपालिका–९, १०, ११, १२, १३ र १४ को मत गणना जारी छ । त्यसपछि अन्तिम मत परिणाम घोषणा गरिने छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु