९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

बुद्ध एयरका मालिक बस्नेतले खोले नयाँ दल, नाम राखे ‘गतिशील लोकतान्त्रिक पार्टी’



  • आफ्नै खबर
  • ३० असोज २०८२ बिहिबार (१ महिना अघि)
  • पाठक संख्या १०२
  • काठमाडौं, ३० असोज । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले नयाँ दल खोलेका छन् । बस्नेतले खोलेको नयाँ दलको नाम गतिशील लोकतान्त्रिक पार्टी हो । सो दल आज निर्वाचन आयोगमा दर्ता भएको छ ।

    बस्नेत भने पार्टीको सदस्यमात्रै छन् । उनको पार्टीको अध्यक्ष दिनेश प्रसाईंलाई राखिएको छ । यस्तै, महासचिवमा पियुस कायस्थको नाम छ । पार्टीको चुनाव चिन्ह भने ‘दीपज्योति’ प्राप्त भएको बस्नेतले जानकारी दिए ।