१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

सिजीले ल्यायो एआईले चल्ने एयर फ्रायर 



  • आफ्नै खबर
  • २८ कात्तिक २०८२ शुक्रबार (२ हप्ता अघि)
  • पाठक संख्या १२७
  • काठमाडौँ/  सिजीले आफ्नो घरायसी उपकरण ब्रान्ड अन्तर्गत नेपालकै पहिलो एआई सञ्चालित एयर फ्रायर सार्वजनिक गरेको छ । आधुनिक नेपाली भान्साको सुविधा, समय बचत र स्वास्थ्यलाई ध्यानमा राख्दै गरिएको सिजी मेरिडिया स्मार्ट एयर फ्रायर मोडेल सिजीएमआरएएफ-एलएआईले घरेलु पकाइ प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको छ ।

    यो नेपालकै पहिलो एआई एयर फ्रायर भएको कम्पनीको दावी छ । यसको पावर १८०० वाट र क्षमता ८ लिटरको रहेको जनाइएको छ । यसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरू मार्फत प्रणालीले खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता रहेको जनाइएको छ ।

    त्यसको विश्लेषणका आधारमा, एयर फ्रायरले आवश्यक तापक्रम र पकाइ समयलाई स्वतः समायोजन गर्ने हुनाले हरेक पटक उत्तम र सटीक परिणाम दिने कम्पनीले उल्लेख गरेको छ ।साथै, यस उपकरणलाई सिजी स्मार्ट होम एपमार्फत रिमोट कन्ट्रोल गर्न सकिने जनाइएको छ । प्रयोगकर्ताले आफ्नो स्मार्टफोनबाट नै पकाइ मोड, तापक्रम र समय सेट गर्न सक्ने कम्पनीको दावी छ । 

    विशेषता :
    २५ स्वचालित मेनु सहितको एआई प्रणालीले पकाइको समय र तापक्रम स्वतः समायोजन गरी प्रत्येक पटक उत्कृष्ट परिणाम सुनिश्चित गर्ने जनाइएको छ । त्यस्तै, स्मार्ट वाटर एण्ड आयल स्प्रे फङ्क्सनले खानाको बाहिरी र भित्री भागलाई समान रूपमा कुरकुरे र स्वादिष्ट बनाउने कम्पनीको दावी छ ।

    आठ लिटरको नन स्टिक बास्केट भएकोले ठूलो परिवार वा धेरै परिकारहरूका लागि उपयुक्त हुने जनाइएको छ । यसमा फ्राइ, ग्रिल, रोस्ट वा बेकजस्ता एकै उपकरणमा विविध पकाइ विकल्पहरू रहेको उल्लेख छ । सटीक र लचक पकाइको लागि ८० देखि दुई सय डिग्रि सेल्सियस सम्मको तापक्रम नियन्त्रण प्रविधि रहेको जनाइएको छ । 

    र्यापिड एयर फ्लो प्रविधिले तेल बिना नै कुरकुरे स्वाद प्रदान गर्ने कम्पनीले जनाएको छ । पाके नपाकेको नियाल्न झ्यालको सुविधा पनि रहेको उल्लेख गरिएको छ । कम्पनीले यसको मूल्य १६ हजार एक सय ४० रुपैयाँ तोकेको छ ।