९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

तीन महिनामा भित्रियो साढे पाँच खर्ब रेमिट्यान्स



  • आफ्नै खबर
  • ३० कात्तिक २०८२ आईतबार (१ हप्ता अघि)
  • पाठक संख्या ८२
  • काठमाडौँ/  चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे पाँच खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।

    गत असोज महिनामा मात्र दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको राष्ट्र बैङ्कले जनाएको छ ।

    यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

    पछिल्लो तीन महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार चार सय ५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार दुई सय ५७ रहेको छ ।

    –रासस