आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

शिक्षकलाई प्रोत्साहित गर्न अक्षयकोष


  • आफ्नै खबर
  • २०८२ चैत्र १७, मंगलबार ३ महिना अघि
  • १५८ पाठक संख्या
  • भोजपुर/  बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा डा. नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ) ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय बुबा नरबहादुर तामाङ तथा जीवित सीतामाया तामाङको संयुक्त नाममा एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

    स्थापित अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाको कार्यसम्पादन मूल्याङ्कन गर्दै उत्कृष्‍टता प्रोत्साहन गर्ने र समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको तीर्थराजले जानकारी दिनुभयो ।

    बाल्यकालमा शिक्षा प्राप्त गरेको विद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै दाताहरूले शिक्षाको गुणस्तर सुधारमा सानो योगदान पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताएका छन् । स्थानीयस्तरमा यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु