काठमाडौँ/ ओपोले नयाँ ओपो ए६ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ७०००एमएएच् ब्याट्री, ८०डब्ल्यू सुपर्वुक फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई ध्यानमा राखेर बनाइएको मजबुत संरचनासहितको स्मार्टफोन बजारमा ल्याएको हो ।
८जीबी + २५६जीबी भेरियन्टमा रहेको यो फोन स्टेलर ब्लू, र रोजवुड रेड नामक दुई रङ्गमा आएको तथा आधुनिक शैली र प्रिमियम डिजाइन खोज्ने प्रयोगकर्ताका लागि सहज छनोट हुने कम्पनीको दावी छ ।
यस फोनको मुख्य आकर्षणको रुपमा रहेको ७०००एमएएच् ब्याट्रीले भिडियो स्ट्रिमिङ, सामाजिक सञ्जाल, गेमिङ वा व्यस्त दैनिक कामकाजलगायत हरेक उपयोगमा पर्याप्त र स्थिर समय उपलब्ध गराउने जनाइएको छ । साथै, ८० वाटको फास्ट चार्जिङले एक घन्टामै पूरा चार्ज हुने क्षमता दिएको उल्लेख छ ।
दैनिक चुनौती झेल्न सक्ने गरी बनाइएको झट्का प्रतिरोधी डिजाइन, सुधारिएको आन्तरिक सुरक्षा संरचना र कडा परिस्थितिमा पनि टिक्न सक्ने सामग्री प्रयोगले यसलाई विभिन्न वातावरणमा सहजतापूर्वक प्रयोग गर्न मिल्ने बनाएको कम्पनीको दावी छ ।
मजबुत बनावट भए पनि, फोनले स्क्रिन डिस्प्ले अनुभवमा कुनै सम्झौता नगरेको तथा १२०हर्ज एमोल्ड डिस्प्ले, १४०० निट्स पिक ब्राइटनेस र पतला बेझेलहरूले भिडियो, गेमिङ वा सामान्य ब्राउजिङले सबैमा उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
ओपो ए६ प्रोको मूल्य नेपाली बजारमा ४१ हजार रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस