आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

क्यान्सर अस्पताललाई चिनको सहयोग


  • आफ्नै खबर
  • २०८२ पौष २, बुधबार ३ महिना अघि
  • ३७ पाठक संख्या
  • काठमाडौँ/  नेपालस्थित चिनियाँ दूतावासले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारिसाधन सहयोगस्वरूप प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारिसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

    चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बाहन अस्पताललाई हस्तान्तरण गरेको हो । 

    चिनियाँ राजदूत छन सङले यो सानो सहयोगबाट अस्पतालको सेवा प्रवाह तथा समग्र स्वास्थ्य सेवाको सुधार गर्न सहयोग पुग्ने बताउनुभएको छ । साथै उहाँले नेपाललाई सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु