
काठमाडौँ/ सन् २०२५ मा ११ लाख ५८ हजार चार सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।
सन् २०२४ मा भने ११ लाख ४७ हजार पाँच सय ४८ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा केही सङ्ख्या बढेको छ ।
एक वर्षमा छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार चार सय ३८, अमेरिकाबाट एक लाख १२ हजार तीन सय १६, चीनबाट ५८ हजार ६ सय ८४, बेलायतबाट ५७ हजार पाँच सय ४५, बङ्गलादेशबाट ४९ हजार तीन सय ५७, अष्ट्रेलियाबाट ३७ हजार पाँच सय ५०, श्रीलंकाबाट ३० हजार दुई सय ४३, थाइल्याण्डबाट ३० हजार दुई सय २७ र जर्मनीबाट २४ हजार सात सय ६३ पर्यटक नेपाल घुम्न आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
तथ्याङ्कअनुसार गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार एक सय ९० पर्यटक नेपाल आएका थिए । उक्त महिनामा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६ सय ८०, अमेरिकाबाट ६ हजार ६ सय पाँच, बङ्गलादेशबाट चार हजार नौ सय ८०, अष्ट्रेलियाबाट चार हजार चार सय १९, थाइल्याण्डबाट चार हजार दुई सय ३४, बेलायतबाट तीन हजार सात सय ९३, म्यानमारबाट दुई हजार सात सय ५८ र मलेसियाबाट दुई हजार चार सय २९ पर्यटक भित्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस