आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

 वडाले बाँड्यो पाँच सयभन्दा बढी कम्बल


  • आफ्नै खबर
  • २०८२ पौष २०, आईतबार २ महिना अघि
  • ४० पाठक संख्या
  • नवलपरासी पश्चिम/  शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेकाले यहाँको सरावल गाउँपालिका-७ ले पाँच सयभन्दा बढीलाई न्यानो कम्बल वितरण गरेको छ ।

    वडाअध्यक्ष हेयात खाँ धुनियाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, विधवा महिला, बालबालिका तथा अति विपन्न परिवारलाई लक्षित गरी पाँच सय ५० जनालाई कम्बल वितरण गरिएको बताउनुभयो । 

    अत्यधिक चिसो बढेपछि विपन्न नागरिकलाई कम्बल वितरण गरिएको र यहाँका विद्यार्थीलाई पनि ट्रयाकसुट वितरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । 

    कम्बल पाएपछि लक्षित व्यक्तिहरूले खुसी व्यक्त गर्दै वडाध्यक्षसहित वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु