१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

६ महिनामै ३२ हजार पर्यटक पुगे रसुवा



  • आफ्नै खबर
  • १  २०८२ बिहिबार (३ घण्टा अघि)
  • पाठक संख्या ९३
  • रसुवा/  हिमाली जिल्ला रसुवामा पछिल्लो ६ महिनामा ३२ हजार ६ सय ७२  पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ ।    

    लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६ सय ७१ जना आन्तरिक एवं बाह्य पर्यटकले निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमण गरेका हुन् ।  

    यसमा पाँच हजार आठ सय ८४  विदेशी र २६ हजार सात सय ८७ आन्तरिक पर्यटक रहेका छन् । चालु आर्थिक वर्षमा यो सङ्ख्या ५० हजार पुग्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा करिब ४४ हजार पर्यटकले रसुवा भ्रमण गरेको निकुञ्जले जनाएको छ ।

    निकुञ्ज क्षेत्र घुम्न आउने विदेशी पर्यटकलाई तीन हजार रुपैयाँ र नेपालीलाई एक सय रुपैयाँका दरले प्रवेश शुल्क लाग्ने व्यवस्था रहेको स्पष्ट गर्दै निकुञ्जका अभिलेखकर्ता केशव ढडारीले पछिल्लो छ महिनामा दुई करोड ३९ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

    काठमाडौँ उपत्यकाबाट नजिक रहेको हिमाली जिल्ला रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै विशेषगरी गोसाइँकुण्ड तथा लाङ्टाङ र स्याफ्रु क्षेत्रमा चहलपहल बढी स्थानीय होटल व्यवसायी, किसान, कामदारसहित समग्रपक्ष लाभान्वित भएको जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउनुहुन्छ ।

    –रासस