
काठमाडौँ/ नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी सङ्घको अध्यक्षमा श्याममणि आचार्य निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालको लागी निर्वाचित हुनुभएको हो ।
काठमाडौंमा भएको २१ औं साधारणसभा तथा दशौं अधिवेशनले आचार्यलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
उहाँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल फुँयाल र सह-कोषाध्यक्षको जिम्मेवारीमा महेश जाशी छानिएका हुन् ।
कार्यसमिति सदस्यहरूमा रामहरि गौतम, विराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजु, कृष्णहरि गौतम, प्रदिप ढकाल, सन्तोष घिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानियाँ चयन भएका छन् ।
अध्यक्ष आचार्यले दोस्रो कार्यकालमा लामो समय देखि कोशिश गर्दै आएको सेकेन्डह्यान्ड सवारी साधनमा पनि कर्जा प्रवाह लगायतका रिकन्डिसन व्यवसायीको पेशाको सम्मान र सुरक्षाकालागि यथासम्भव लागि पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस