७  २०८२ बुधबार | 21 Jan 2026 Wed

नेप्सेमा सूचीकृत नभएका कम्पनीलाई पनि एनआईसी एशिया क्यापिटलको शेयर रजिष्ट्रार सेवा 



  • आफ्नै खबर
  • ५  २०८० शनिबार (२ बर्ष अघि)
  • पाठक संख्या १५२
  • काठमाडौं– एनआईसी एशिया क्यापिटलले आईडिया टु आइपिओ सेवाअन्तर्गत दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनी तथा प्रालि कम्पनीलाई समेत शेयर रजिष्ट्रारको सेवा प्रदान गर्ने भएको छ । नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित आइडिया टु आइपिओ नामक सेवा सञ्चालन गरिरहेको क्यापिटलले नयाँ सेवा दिने भएको हो । 

    यस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको सोच बनाउनेदेखि कम्पनी स्थापना, स्तरोन्नति हुँदै साधारण शेयर जारी गर्ने गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 

    हाल सम्म क्यापिटलको आइडिया टु आइपिओ सेवाअन्तर्गत छोटो समयमा २२ वटा कम्पनीसँग दुई पक्षीय सम्झौता सम्पन्न गरी पाँच वटा प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराएर साधारण शेयर निष्काशनको कार्यसमेत सम्पन्न गरेको क्यापिटलको दावी छ । अन्य बाँकी कम्पनीहरु प्राइभेट प्लेसमेन्ट, आइपिओ रेडिनेश, आइपिओ रेडिनेश एसेसमेण्ट टेष्टको प्रक्रियामा रहेको जनाइएको छ ।