१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

चैत १६ मा काठमाडौंमा राप्रपाको प्रदर्शन



  • आफ्नै खबर
  • १७ फागुन २०८० बिहिबार (९ महिना अघि)
  • पाठक संख्या २९
  • काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १६ गते काठमाडौमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले काठमाडौं केन्द्रीत जनसङ्घर्ष गर्ने निर्णय गरेको हो । 

    फागुन ९ गने सरकारलाई पेश गरेको ४० बुँदे मागपत्र अनुसारका माग पूरा गराउन फागुन तेस्रो सातादेखि चैत दोस्रो सातासम्म देशका सबै जिल्लामा जनदवावका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टीले जनाएको छ । जनप्रदर्शनभन्दा पहिले जागरणसभा आयोजना गर्ने  निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । 

    अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष तथा निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा कार्यकर्तालाई प्रशिक्षण दिइसकेको प्रवक्ता श्रेष्ठले बताए । पार्टी महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमसेर राणाले सङ्घर्षको कार्यक्रमको खाकाबारे कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । 

    त्यस्तै,  कोषाध्यक्ष, आर्थिक समिति संयोजक नीलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन र आन्दोलन प्रचार समितिका संयोजक समेत रहेका प्रवक्ता मोहन श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा प्रशिक्षण दिएका थिए । 

    यसका लागि पार्टीले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्ने जनाइएको छ । त्यस्तै, चैत १० गते देशका मुख्य सहरमा मोटरसाइकल ¥याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपुर्व सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?