२१ भदौ २०८२ शनिबार | 06 Sep 2025 Sat

हिरोको सेल्स, सर्भिस र स्पेयर ल्याई ध्यान दिने सिजी मोटर्सको प्रतिवद्धता



  • आफ्नै खबर
  • १९ फागुन २०८० शनिबार (२ बर्ष अघि)
  • पाठक संख्या १०१
  • काठमाडाै- हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्स आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागि परेको छ । केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहेको भन्दै  सिजीले आफू आफ्टर सेल्स सर्भिस चुस्त बनाउन प्रतिवद्ध रहेको जनाएको हो । 

    सीजी मोटर्स हिरोको आधिकारिक विक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको कम्पनीको दावी छ । सिजी मोटर्सले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने प्रणसमेत गरेको छ । ‘हामीले उपभोक्तालाई मोटरसाइकल र स्कुटर बिक्रीमात्र गर्दैनौं, ग्राहक पूर्ण सन्तुष्ट हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिनेछौं’ सिजी मोटर्सले भनेको छ, ‘हामीले  हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्रिएस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहनेछैन ।’

    हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीको उत्कृष्ट थ्रिएस सेवा दिने प्रतिवद्धता जाहेर गर्दै हिरोका सर्भिसलाई उपभोक्ताले नयाँ ढंगले महसुस गर्र्ने गरी उत्कृष्ट बनाउने कम्पनीको भनाइ छ । पार्टपुर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रक्रिया अगाडि बढाइसकेको कम्पनीको भनाइ छ । 

    अर्को महिनादेखि हिरोका सर्भिस सेन्टरहरुमा पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ । यसका लागि आफ्नै वेयरहाउस समेत तयार भइरहेको कम्पनीको भनाइ छ । पार्टपुर्जा आयात गर्नका लागि प्रतितपत्र (एलसी) खोलिसकेको जानकारी दिँदै कम्पनीले भनेको छ ‘पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ, तर यस्तो अभाव धेरै समय रहने छैन,’ सीजी मोटर्सका सेल्स एण्ड अपरेशन हेर्ने जिएम प्रकाश देवकोटाले भने, ‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो ।’  

    सेल्स, सर्भिस, स्पेयर्स पार्टस्सँगै वारेन्टीको कुरा पनि उत्तिकै महत्वपूर्ण भएकोले वारेन्टीलाई सुनिश्चित गर्ने देवकोटाले वताए । सीजीले हिरो ब्राण्ड लिनुअघि वारेन्टीका समस्या छन् भने समाधानका लागि पहल गर्ने पनि कम्पनीले जनाएको छ । 

    नेपालमै एसेम्वल गरिने
    हिरो मोटोकर्प र सिजी मोटर्सले नेपाली बजारमा हिरोका उत्पादन एसेम्बल गर्न नवलपुर जिल्लामा ‘स्टेट अफ दि आर्ट ग्रीनफिल्ड फेसिलिटी’ भएको प्लान्ट स्थापना गर्न लागेको कम्पनीले  जनाएको छ । नेपालमा आफ्नो उपस्थितिई बलियो बनाउने रणनीति अनुसार मोटरसाइकल र स्कुटरको विश्वकै सबैभन्दा ठूलो उत्पादक हिरो मोटोकर्पले नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्ससँग सहकार्य गरेको जनाइएको छ ।