२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

ग्लोबल आइएमई बैंकका ३५ शाखाले ४ हजारलाई दिए एकैपटक वित्तीय साक्षरता 



  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या ११४
  • काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाले एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् ।  

    कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदूर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । देशका विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा ४ हजारभन्दा बढी मानिसलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ । 
    बैंकले बागमती प्रदेश अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी, रसुवाको गोसाइकुण्ड गाउँपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ७ सय भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो ।  

    त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका, जैमिनि नगरपालिका, पर्वतको कुस्मा नगरपालिका र कास्कीको पोखरा महानगरपालिकाको कार्यक्रममा ९ सय भन्दा बढि स्थानीयहरुको सहभागिता रहेको थियो । 

    लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको कपिलवस्तु नगरपालिका, बाणगंङ्गा नगरपालिका, शिवराज नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गुल्मीको रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका, नवलपरासीको बर्दघाट नगरपालिका, पाल्पाको तानसेन नगरपालिका, प्युठानको प्युठान नगरपालिका, रोल्पाको परिवर्तन गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, रुपन्देहीको सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा १ हजार ८ सय भन्दा बढिको सहभागिता रहेको थियो । 

    साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटीको दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, बाजुराको बढिमालिका नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डडेल्धुराको अजयमेरु गाउँपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यक्रममा ७ सय ५० भन्दा बढि लक्षितवर्गहरुको सहभागिता थियो ।  

    बैंकले ७७ वटै जिल्लामा ३ सय ५५ शाखा कार्यालय, ३ सय ७८ एटिएम, २ सय ७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर का साथै ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढि सेवा केन्द्र मार्फत सेवा दिइरहेको जनाएको छ ।  

    त्यस्तै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको जनाएको छ ।