७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

नेपाल आउँदै आइसीसी अध्यक्ष बार्कले



  • आफ्नै खबर
  • २ महिना अघि
  • पाठक संख्या २१
  • काठमाडौं- अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीका अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले बुधबार विज्ञप्ति जारी गर्दै आईसीसी अध्यक्षले चार दिने नेपाल भ्रमण गर्ने जानकारी दिएको छ । 

    आगामी सोमबार नेपाल आउने बार्कले चार दिन बस्ने क्यानले जनाएको छ । आईसीसी अध्यक्षको नेपाल भ्रमण नेपाली खेलकुद विकासको अवसरका रुपमा रहने क्यानको दाबी छ । 

    नेपाल भ्रमणका क्रममा बार्कलेले त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको निरिक्षण गर्ने कार्यक्रम रहेको क्यानले बताएको छ । सो क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्री लगायतलाई भेट गर्ने तालिका रहेको क्यानले जनाएको छ । उनले भेटको दौरान क्रिकेटमा सहयोग, अनुदानको अवसर र नेपालको नीतिसँग जोडिने सन्दर्भमा कुराकानी गर्नेछन् । 

    बार्कलेले सन् २०२७ को यू–१९ वुमन्स विश्वकप नेपालले सह–आयोजना गर्ने विषयमा त्रिवि मैदान र मुलपानी मैदानको निरिक्षण गर्ने बताएका छन् । 

    क्यान अध्यक्ष चुतरबहादुर चन्दले आईसीसी अध्यक्षको नेपाल भ्रमणले क्रिकेट विकासमा महत्वपुर्ण प्रभाव पार्ने उल्लेख गरेका छन् । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?