२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फरेन्स २०२४’

अर्थविद्, बैंकिङविज्ञ, उद्यमीहरूबीच व्यापक छलफल गरी दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्ने



  • आफ्नै खबर
  • २ चैत २०८० शुक्रबार (१ बर्ष अघि)
  • पाठक संख्या ८०
  •  
    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘इन्ह्यान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’का लागि आरबिबिएल म्यानेजमेन्ट कन्फरेन्स २०२४ आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीबारे अर्थविद्, बैंकिङविज्ञ तथा उद्यमीहरूबीच व्यापक छलफल गरी बैंकिङ क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्ने उद्देश्यसहित कन्फरेन्स आयोजना गर्न लागेको हो । 
    ३ चैत शनिबार काठमाडौं आयोजना गर्न लागेको कार्यक्रम अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ । कार्यक्रममा संघीय सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी, अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, वरिष्ठ बैंकर्स परशुराम कुँवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेकविज्ञ सञ्जीव सुब्बा, कमनसेन्सविज्ञ सुजिव शाक्यलगायतले आ–आफ्नो धारणा राख्ने जनाइएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाको सभापतित्वमा सम्पन्न हुने कार्यक्रममा करिब चार सय ५० जनाको उपस्थिति रहने बैंकले जनाएको छ ।